images
images
images

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेकोे छ ।

अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान कायम भएको छ ।

आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्