पूर्वाधार वाच, काठमाडौं ।
मेक्सिको र युरोपियन संयबीचको नयाँ व्यापार सम्झौता आगामी फेब्रुअरीदेखि लागू हुने भएको छ । मेक्सिकोकी राष्ट्रपतिले शुक्रबार यस विषयमा जानकारी दिएका छन् ।
यो सम्झौताले सन् २००० सालमा भएको पुरानो सम्झतालाई प्रतिस्थापन गर्दै मेक्सिकोका कृषिजन्य तथा बनावट वस्तुहरूमा महसुल कटौती गर्नेछ, जसले मेक्सिकोका निर्यातलाई युरोपमा फाइदा पु-याउनेछ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, यसले ८६ प्रतिशत कृषिजन्य वस्तुहरूमा महसुल तत्कालै हटाउनेछ भने बाँकी १० प्रतिशत महसुल सात वर्षभित्र क्रमशः हटाइनेछ ।
युरोपियन सङ्घ र मेक्सिकोबीच २०२४ मा भएको व्यापार करिब ८२ अर्ब यूरो बराबर रहेको छ, जुन लगभग ९५ अर्ब अमेरिकी डलरको हाराहारी हो।
युरोपियन सङ्घ मेक्सिकोको तेस्रो ठूलो व्यापारिक साझेदार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्