images
images
images

हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

images

पूर्वाधार वाच, काठमाडौं ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान अवतरणको क्रममा एक कार्गो विमान चिप्लिएर रनवेबाट बाहिरिँदै समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

तुर्कीस्थित एसीटी एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७४७ विमान दुबईबाट हङकङ आउँदै थियो । विमानमा रहेका चार चालक दल सदस्यहरूलाई सकुशल उद्धार गरी अस्पताल लगिएको छ । तर, विमानस्थलको भुइँ सवारी साधनमा सवार दुई व्यक्तिको ज्यान गएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

विमान इमिरेट्स एयरलाइन्सबाट भाडामा लिएको थियो, जसमा चालक दल, मर्मत तथा बीमा सबै इमिरेट्सद्वारा उपलब्ध गराइएको थियो। विमानमा कुनै सामान थिएन ।

स्थानीय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका दृश्यहरूमा विमानको अगाडिको भाग पानीमाथि देखिन्छ, तर पछिल्लो भाग समुद्रमा डुबेको छ । टेल भाग ९पुच्छर० टुटेको आशंका गरिएको छ ।

दुर्घटना उत्तर रनवेमा भएको हो, जुन अहिले बन्द गरिएको छ । बाँकी दुई रनवेहरूबाट नियमित उडान सञ्चालन भइरहेका छन् । हङकङ नागरिक उड्डयन विभागले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ । इमिरेट्सले यस दुर्घटनापछि सबै पक्षहरूसँग सहकार्य गरिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्