images
images
images

चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगोलागी

images

पूर्वाधार वाच, रौतहट ।

रौतहटको चन्द्र्पुरमा रहेको एक टायल तथा ब्लक उद्योगमा आगोलागी भएको छ । चन्द्रपुर नगरपालिका–४ मा रहेको घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रवार बिहान आगलागी भएको हो ।

उद्योगभित्र अचानक आगो र धुवाँको मुस्लो स्थानीयवासीले देखेपछि आगलागी भएको थाहा भएको प्रहरीले जानकारी दिएको ।

स्थानीयवासीका अनुसार बिहानै उद्योगभित्र अचानक आगो लागेको भएपनि के कारणले लागेको थाहा नभएको बताएका छन । आगलागी फैलिन नदिनका लागि स्थानीय बासिन्दा र उद्योगका कामदारहरू मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

अहिले घटनास्थलमा चन्द्र्पुर नगरपालिकाको दमकल सहितको टोली घटनास्थालमा पुगेको छ ।

आगलागीको कारण अहिले सम्म खुल्न नसकेको र यसबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ ।

आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन गरिने प्रहरीले जानकारी दिएको छ । आगोलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्