images
images
images

रुस–युक्रेन युद्ध समाप्त गर्न ट्रम्पले मागे चीनसँग सहयोग

images

पूर्वाधार वाच, एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग सम्झौता गर्न चीनको सहयोग लिन चाहेको बताएका छन् । चीनको उक्त सहयोगले रुस युक्रेन युद्ध समाप्त गर्न सकिने पनि उनले आशा व्यक्त गरेका छन् ।

ट्रम्पले भने, ‘म चाहन्छु कि चीनले हामीलाई युक्रेन शान्ति प्रक्रियाको विषयमा सहयोग गरोस्।’ एशिया भ्रमणमा रहेका ट्रम्पले एयर फोर्स वन विमानमा यो कुरा बताएका हुन्।

यो भ्रमणका क्रममा उनी दक्षिण कोरियामा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्नेछन्। चीन रुसको सबैभन्दा ठूलो सहयोगी हो, र युक्रेन युद्धका कारण पश्चिमी मुलुकहरूले लगाएका प्रतिबन्धपछि चीन रुसको महत्वपूर्ण सहारा बनेको छ।

ट्रम्पको यो टिप्पणी त्यस्तो समयमा आएको हो, जब युक्रेनको राजधानी किभका लागि बितेको हप्ता निकै कठिन रह्यो।

अमेरिकाले युक्रेनलाई टमाहक क्रूज मिसाइल दिने अस्वीकार गरेको थियो, भने युरोपियन युनियनका नेताहरूले रुसका फ्रिज गरिएका सम्पत्तिबाट युक्रेनको रक्षा गर्नका लागि कोष उपलब्ध गराउन अस्वीकार गरेका थिए।

यसैबीच, युक्रेनमाथि रुसले घातक हमला पनि गरेको थियो। (विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्