पूर्वाधार वाच, काठमाडौं ।
दलित अभियन्ता खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त हुँदैछन् । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएसँगै उनी श्रममन्त्री बन्दैछन् ।
सुनारसहित मौजुदा मन्त्रिपरिषद्मा ४ जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उनले प्रधानमन्त्री कार्कीले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरेकी छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् ।
उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्