images
images
images

एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय मर्मत थालेको छ । गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा एमाले केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी भएपछि पार्टीले मर्मत सुरु गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

उनले तोडफोड र आगलागीबाट क्षति भएको भवनको छानो तथा पर्खालहरू मर्मतका साथै रङ्गरोगनका काम भइरहेको बताए । इन्जिनियरले बुझाएको प्रतिवेदनमा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रबलीकरण गरेर बस्न मिल्ने भनेपछि मर्मत थालेको हो ।

आगजनी र तोडफोड भएपछि कार्यालयको भवन नहुँदा पार्टी कार्यालय परिसरमा यही कात्तिक ८ गतेदेखि पाल टाँगेर एमाले अस्थायी रुपमा कार्यालय सञ्चालन गरेको छ ।

गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्