पूर्वाधार वाच, काठमाडौं ।
शहरी विकास मन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाको फोहोर विसर्जनका लागि निर्मित नुवाकोट धादिङमा अवस्थित बन्चरेडाँडा ल्याण्डफिल साइटको अनुगमन गरेका छन् । उनले आइतबार बिहानै त्यहाँ पुगेर ल्याण्डफिल साइटको मौजुदा अवस्थाबारे जानकारी लिएका छन् ।

केही दिनदेखि स्थानीयहरुले विभिन्न माग राखी फोहोर व्यवस्थापनमा अवरोध गरेपछि यतिबेला काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सकस देखिएको छ ।
मन्त्री घिसिङसँगै शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देललगायत फोहोर प्रभावित क्षेत्रका जनप्रतिनिधि तथा स्थानीयहरु समेत अनुगमनमा सहभागी छन् ।
केही दिनदेखि स्थानीयहरुले विभिन्न माग राखी फोहोर व्यवस्थापनमा अवरोध गरेपछि यतिबेला काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सकस देखिएको छ ।
उक्त ल्याण्डफिल साइट शहरी विकास मन्त्रालयले निर्माण गरेपनि सम्पूर्ण वयवस्थापनको जिम्मा भने काठमाडौं महानगरपालिकाले पाएको छ ।
यद्यपि काठमाडौंका मेयर बालेन साहले निर्वाचित भएलगत्तै त्यहाँ पुगेर अनेक बाचा गरेका भएपनि हालसम्म कुनै कुरा पुरा हुने छनक समेत नदेखिएपछि स्थानीयहरु आन्दोलिन बनेका हुन् ।
उनीहरुले पछिल्ला केही दिनमा काठमाडौंबाट फोहोर संकलन गरेर त्यतातर्फ लगिने कुनै पनि ट्रकलाई प्रवेश गर्न दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्