images
images
images

कुलमानविरुद्ध सर्वोच्च पुगे हितेन्द्र

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारका महत्वपूर्ण तीन मन्त्रालय सम्हालिरहेको मन्त्री कुलमान घिसिङले आफूलाई पदबाट हटाउन गरेको निर्णयविरुद्ध नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् ।

मन्त्री घिसिङको उक्त निर्णयविरुद्ध सोमबार शाक्यले अदालतमा रिट दायर गरेका हुन् ।

उनलाई केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ४ वर्षको लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

जेनजी आन्दोलनपश्चात गठित सु्शीला कार्की नेतृत्वको सरकारमा ऊर्जा मन्त्री नियुक्त भएपछि कुलमान घिसिङले शाक्यलाई पदबाट हटाएर अन्तै सरुवा गरेका थिए ।

प्राधिकरणबाट सरुवा गरेर शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरेको थियो । शाक्यलाई प्राधिकरणबाट सरुवा गरेपछि कार्यकारी निर्देशकमा प्राधिकरणकै पूर्व उप कार्यकारी निर्देशक मनोज सिलवाललाई सरकारले नियुक्त गरेको थियो ।

आफ्नो कार्यसम्पादन मूल्यांकन नहेरी तथा सुनुवाइको सामान्य मौका समेत नदिई जिम्मेवारीबाट हटाई अन्यत्र जिम्मेवारी तोकेको भन्दै शाक्य सर्वोच्च अदालत गएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्