पूर्वाधार वाच, कालीकोट ।
कालीकोटको सदरमुकाम मान्म बजारमा खानेपानीको चरम अभाव हुन थालेपछि पानी माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ । हरेक वर्ष पानीको व्यवस्थापन नभएपछि शुक्रबार आक्रोशित स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउसमेत गरेका हुन् ।
कुनै महिनामा पनि सहज रूपमा खानेपानी नपाइएको र बिल मात्र तिर्नु परेको उपभोक्ताको भनाइ छ । खाँडाचक्र नगरपालिकामा खानेपानीको हाहाकार बढ्दै जाँदा सम्बन्धित निकाय भने मौन बसेको भन्दै उपभोक्ताले बजार बन्द गरेर शुक्रबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।
मान्ममा दीपक शाहीले सरकारले नागरिकको समस्याप्रति चासो नदिएको गुनासो गरे । उनले बजारको पिउने पानीको समस्या समाधान गर्नतिर कसैले चासो नदिएको भन्दै त्यसविरुद्ध प्रशासनको ध्यानाकर्षण गराउन घेरा गरिएको जनाए । पानी वितरणमा एकरूपता नहुँदा अभाव झन् गहिरिएको स्थानीयको भनाइ छ ।
स्थानीय मानबहादुर गिरीले जनप्रतिनिधिले नागरिकको समस्याप्रति बेवास्ता गरेको भन्दै आक्रोशित व्यक्त गरे । खानेपानी उपभोक्ता समितिको वितरण प्रणालीमा भएको लापरबाहीले पानी अभाव भएको र धारामा नियमित पानी नआउँदा सदरमुकाममै पिउने पानीको हाहाकार भएको उनले बताए ।
‘यति ठुलो समस्या हुँदा पनि समाधानतर्फ कसैको ध्यान गएको छैन,’ उनले भने, ‘खाँडाचक्र नगरपालिकाले नौ महिनादेखि सडक अवरुद्ध हुँदा पनि ध्यान नदिएको, फोहोर व्यवस्थापनमा चासो नदिएको भन्दै नागरिकको समस्या समाधानमा पूरै मौन रहेको छ ।’
खानेपानी वितरणको जिम्मा लिएको मान्म खानेपानी उपभोक्ता समिति पनि बेखबर छ । त्यहाँ भएको पानी पनि सशस्त्र प्रहरी बलको ब्यारेक र जिल्ला कारागारका लागि ठिक्क छ ।
शुव्रmबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले खानेपानी आपूर्ति गर्न बाँकी पैसा बक्यौता महसुल एक हप्ताभित्र सबै उपभोक्ताले बुझाउने, मान्म खानेपानी समितिले बक्यौता महसुल कडाइका साथ उठाउने, वितरण ट्याङ्कीभन्दा माथि जोडिएका सबै धारा सात दिनभित्र काट्ने, यसमा सबै उपभोक्ताले सहयोग गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्