images
images
images

पुनर्निर्माण कोषमा नेशनल लाइफले एक करोड र एनएलजी इन्स्योरेन्सले २५ लाख सहयोग

images

पूर्वाधार वाच, काठमाडौं ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू एक करोड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रू २५ लाख सहयोग गरेका छन् ।

आज नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा रकम सहयोग प्रदान गरे ।

दुवै कम्पनीको तर्फबाट अर्थमन्त्री रामेश्वर खनाललाई छुट्टाछुट्टै चेक हस्तान्तरण गरिएको हो । कोषमा आज प्राप्त हुन आएको रकमसहित जम्मा रु सात करोड एकाउन्न लाख साठी हजार ४३९ सङ्कलन भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्