images
images
images

कैलालीमा एक सय छपन्न उद्योग थपिए

images

पूर्वाधार वाच, अत्तरिया ।

यहाँस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा यी उद्योग थपिएका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्र अवधिमा ३२ उत्पादनमूलक, ५० कृषिमूलक र ७४ वटा सेवामूलक उद्योग दर्ता भएका हुन् ।

जिल्लामा हालसम्म १६ हजार २६ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साथै पुगेको उनले जानकारी दिए । चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी २०० वटा फर्म दर्ता भएका छन् ।

उक्त कार्यालयले चालु आवको उक्त अवधिमा रु. ३९ लाख ९१ हजार छ सय ९९ राजस्व सङ्कलन गरेको छ । गत आवमा रु एक करोड ६३ लाख ९७ हजार राजस्व सङ्कलन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्