images
images
images

घोराही–तुलसीपुर चारलेन : सर्वेको काम सकियो

images

फाइल तस्बिर

पूर्वाधार वाच, तुलसीपुर ।

घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि सर्वेको काम पूरा भएको छ । गएको २४ असारमा श्री दिवा–बन्दन भगवती जेभीसँग सम्झौता भएर सोही कम्पनीले सम्पूर्ण कागजी काम सकेको कार्यालय प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए ।

उनका अनुसार संयुक्त सर्वेक्षण, सूची सर्वेक्षणलगायतका काम सकिएको छ । कागजी काम सकिएसँगै अब भौतिक काम सुरु हुने प्रमुख विष्टले बताए । भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक चारलेनको काम हुन लागेको हो । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चारलेन हुने छ ।

सडक २१ किलोमिटर ५८ मिटर रहेको छ । कालोपत्रको चौडाइ चारलेनको हुने छभने बीचमा बीचमा मेडिएन र दुवैतर्फ दुई/दुई लेनको सडक हुनेछ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ । त्यसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्र गरिनेछ ।

यसले सडकलाई थप मजबुत बनाउने जनाइएको छ । सम्झौता भएको मितिले ३६ महिनामा काम सक्ने गरी सम्झौता भएको प्रमुख विष्टले बताए । उनका अनुसार उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।

सोही सडक चारलेन बनाउनका लागि यसअघिको निर्माण कम्पनीले कम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो ।

तत्कालिन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति निर्णयानुसार रु तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्