पूर्वाधार वाच, काठमाडौं ।
मेलम्ची खानेपानीको पथान्तरण विवाद समाधान भएको छ ।
केही दिनदेखि सिन्धुपाल्चोकको मेलम्चीस्थित त्यहाँका स्थानीयले विभिन्न माग राखी आयोजनाको पथान्तरणमा अवरोध गर्दा काठमाडौं उपत्यकावासीले खानेपानीको चरम समस्या भोगेका थिए ।
खानेपानी आपूर्ति रोकिदा अन्तरिम सरकारको चर्को आलोचना हुन थालेपछि यसको समाधानका लागि सरकार तातेको थियो ।
उसो त जेनजी आन्दोलनपस्चात गठित सुशीला कार्की नेतृत्वको सरकारले खानेपानी मन्त्री समेत नियुक्त गर्न सकेको छैन ।
हाल उक्त मन्त्रालय पनि प्रधानमन्त्री कार्कीले आफैसंग राखेकी छन् ।
यद्यपि यस समस्या समाधानका लागि
उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सक्रियता देखाएपछी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको हो ।
मंगलबार राति १० बजेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरुको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्