images
images
images

करारमा कर्मचारी भर्ती गर्दै सूर्यविनायक नगरपालिका

images

पूर्वाधार वाच, काठमाडौं ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाले करारमा कर्मचारी भर्ना गर्ने भएको छ ।

नगरपालिका अन्तर्गतका नगर अस्पतालका लागि स्वास्थ्य सेवाका एक जना नवौं तहको गाइनोकोलोजिष्ट र पाँचौं तहका ४ जना स्टाफ नर्सको लागि आवेदन खुलाएको हो ।

नगरपालिकाले आजको मितिले १५ दिनभित्र दरखास्त दस्तुर दाखिला र आवश्यक कागजातसहित दरखास्त दिन आह्वान गरेको हो ।

यसबारे थप जानकारीका लागि सूर्यविनायक नगरपालिकाको वेबसाइटमा र कार्यालय समयमा नगर अस्पताल, जगाती प्रशासन शाखामा सम्पर्क गर्न सकिने समेत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्