images
images
images

नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशन राजधानीमा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल विद्युतीय व्यवसायी महासंघले आफ्नो १६औँ वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशन राजधानीमा सम्पन्न गरेको छ।मिति २०८२ कार्तिक २९ गतेका दिन देशभरका जिल्ला, नगर तथा एसोसिएट सदस्यहरूको सहभागितामा सम्पन्न महाधिवेशनबाट श्री दिलिप कुमार अग्रवाल महासंघको सातौँ कार्यकाल (आगामी ३ वर्ष) का लागि अध्यक्ष पदमा निर्वाचित भएका छन्।

महासंघ देशको औद्योगिक तथा वाणिज्य क्षेत्रको समग्र विकास, विशेषगरी विद्युत तथा विद्युतीय कारोबारसँग प्रत्यक्ष/परोक्ष संलग्न व्यवसायीहरूको हकहित संरक्षण र पेशागत विकासका लागि समर्पित छ।

संस्थाले दशकौँदेखि विद्युत व्यवसाय नियमन, प्रविधिक दक्षता, बजार व्यवस्थापन, आयात नीतिको सरलीकरण, सुरक्षा मापदण्डहरू तथा उद्योग विस्तारका मुद्दामा सरकारी निकायसँग सहकार्य गर्दै आएको छ।

नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति

महाधिवेशनबाट आगामी तीन वर्षका लागि निम्नानुसार पदाधिकारी तथा कार्यसमिति चयन गरिएको महासंघले जनाएको छः

अध्यक्ष – श्री दिलिप कुमार अग्रवाल
प्रथम उपाध्यक्ष – श्री गोपाल अग्रवाल
द्धितिय उपाध्यक्ष – श्री लेखनाथ सापकोटा
तृतिय उपाध्यक्ष – श्री प्रकाश चन्द्र पाण्डे
महासचिव – श्री शंकर देवकोटा
कोषाध्यक्ष – श्री राजेश गौतम
सचिव – श्री लोकनाथ पोखरेल
सह–कोषाध्यक्ष – श्री शंकर प्रसाद पोख्रेल
कार्यसमिति सदस्य – श्री ओम प्रसाद चालिसे
कार्यसमिति सदस्य – श्री सरोज कुमार रेग्मी
कार्यसमिति सदस्य – श्री कृष्ण प्रसाद कुइँकेल
कार्यसमिति सदस्य – श्री राजेन्द्र पौड्याल
कार्यसमिति सदस्य – श्री प्रभाकर पुरी
कार्यसमिति सदस्य – श्री सुजन अधिकारी
कार्यसमिति सदस्य – श्री डोलराम न्यौपाने
कार्यसमिति सदस्य (कोशी प्रदेश) – श्री चन्द्रमणि देवकोटा
कार्यसमिति सदस्य (मधेश प्रदेश) – श्री प्रेम कुमार ठाकुर
कार्यसमिति सदस्य (बागमती प्रदेश) – श्री दिबेश कुमार जैन
कार्यसमिति सदस्य (लुम्बिनी प्रदेश) – श्री दिपक पौडेल

 महासंघले उठाउँदै आएको प्रमुख एजेन्डा

साधारणसभामा महासंघले आगामी कार्यकालका लागि केही प्रमुख योजना सार्वजनिक गरेको छः

– विद्युतीय कारोबार व्यवस्थित र पारदर्शी बनाउन नीति–मामिलामा सुधारको पहल

– गुणस्तरीय तथा सुरक्षित विद्युतीय सामग्रीको प्रवर्द्धन

– व्यापारी र उपभोक्तालाई लक्षित विद्युतीय सुरक्षा तथा प्रविधि तालिम

– बजारमा भएका नक्कली/मापदण्डहीन सामान नियन्त्रणका लागि कडाइ

– आयात प्रक्रिया सरलीकरण र कर संरचनामा सहजीकरण

– देशभरका जिल्ला तथा नगर शाखाहरूको सुदृढीकरण


देशभरका व्यवसायीहरूको छाता संस्था

नेपालका ७७ वटै जिल्लामा शाखा तथा हजारौँ सदस्य रहेको महासंघ विद्युत तथा विद्युतीय व्यवसायीहरूको सबैभन्दा ठूलो छाता संस्था मानिन्छ।

वर्षौँदेखि विद्युत क्षेत्रको दिगो विकास, नीतिगत स्थिरता र व्यवसायमैत्री वातावरण निर्माणमा यसको सक्रियता रहँदै आएको छ।

अध्यक्ष अग्रवालद्वारा आगामी कार्यकालका लागि प्रतिबद्धता

नव–निर्वाचित अध्यक्ष दिलिप कुमार अग्रवालले व्यवसायीको हित, दिगो बजार व्यवस्था, सरकारसँगको प्रभावकारी समन्वय तथा व्यावसायिक हकहित रक्षा आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता हुने बताएका छन्।

उनले विद्युतीय सामग्री सम्बन्धी सुरक्षा मापदण्ड, मापदण्डहीन तथा अवैध सामान नियन्त्रण, र व्यापारीको सीप विकास आगामी वर्षको मुख्य एजेन्डा हुने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्