पूर्वाधार वाच, काठमाडौं ।
गरिमा विकास बैंकको १९औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित गरिमा रोड रेसमा श्रीमान–श्रीमती देव महर्जन र कल्पना महर्जनले उल्लेखनीय सफलता हासिल गर्नुभएको छ।
५० वर्षमाथिको भेट्रान तर्फको प्रतियोगितामा कल्पना महर्जन प्रथम र देव महर्जन चौथो स्थानमा रहन सफल भयो।
दोस्रो संस्करण, तीन विधामा प्रतियोगिता
१८औँ वार्षिकोत्सवबाट सुरु भएको गरिमा रोड रेसको दोस्रो संस्करणमा यस वर्ष खुला, कर्पोरेट, भेट्रान गरि ३ विधामा महिलासहित पुरुष गरी ६ विधाका प्रतियोगिता सम्पन्न गरियो। खुला १० कि.मि. दूरीको दौड बालुवाटारस्थित बैंकको प्रस्तावित भवनबाट सुरू भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ–३ कार्यालयसम्म पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमै सम्पन्न भयो।
त्यस्तै, कर्पोरेट तथा भेट्रान तर्फको ५ कि.मि. दौड पनि सोही स्थानबाट सुरू भई न्यूरो अस्पताल, बाँसबारी हुँदै पुनः बालुवाटारमै समापन गरियो।

खुला प्रतिस्पर्धामा आर्मीका एथ्लेट्सको दबदबा
प्रतियोगितामा १,००० भन्दा बढी धावक सहभागी भएका थिए।
खुला विधामा:
-
महिला १० कि.मि. : ओलम्पियन सन्तोषी श्रेष्ठ — ३४ मिनेट ५४ सेकेन्ड
-
पुरुष १० कि.मि. : आर्मीका राजन रोकाया — २९ मिनेट १२ सेकेन्ड
यस वर्ष खुला विधामा पुरुषतर्फ सबै र महिलातर्फ चारवटा पदक नेपाल आर्मीका धावकहरूले जित्न सफल भए।
नगद पुरस्कार तथा सम्मान
खुला विधामा प्रथमदेखि पाँचौँ सम्म क्रमशः रु. ५०,०००, ३५,०००, २०,०००, १५,000 र १०,००० सहित पदक र प्रमाणपत्र प्रदान गरियो।
कर्पोरेट र भेट्रान (५ कि.मि.) तर्फ प्रथमदेखि पाँचौँ स्थानका विजेताहरूलाई रु. ३०,०००, २०,०००, १४,०००, १०,000 र ७,००० सहित मेडल र प्रमाणपत्र वितरण गरियो।
कार्यक्रममा उल्लेखनीय उपस्थिती
कार्यक्रममा बैंकका सञ्चालक, पूर्व पदाधिकारी, शेयरधनी, स्थानीय प्रतिनिधि, विभिन्न संघसंस्था तथा सञ्चारकर्मीको पनि उल्लेखनीय सहभागिता रहेको थियो। स्वागत मन्तव्य दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले कार्यक्रमको उद्देश्य तथा सहकार्यको महत्वबारे प्रकाश पार्नुभएको थियो। समापन सत्रमा बैंकका अध्यक्ष दिलीप प्रताप खाँणले स्वास्थ्यलाई जीवनकै महत्वपूर्ण सम्पत्ति बताउँदै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थापना दिवसमा सामाजिक उत्तरदायित्व कार्यक्रम पनि
बैंकले १९औँ वार्षिकोत्सवको अवसरमा मंसिर ७ गते (आईतबार) देशका ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्