images
images
images

वडा कार्यालय भवन निर्माण

images

पूर्वाधार वाच, जुम्ला ।

जुम्लाको गुठीचौर गाउँपालिका–१ ले वडाको नवनिर्मित पक्की भवनबाट सेवा सुरु गरेको छ ।

भवन सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले वडाको प्रशासकीय भवन निर्माण गरेको हो ।

उक्त भवन निर्माणका लागि सघन शहरी विकास कार्यालयको रु ४७ लाख बजेटमा वडाको प्रशासकीय भवन निर्माण भएको वडाध्यक्ष अर्जुनकुमार महताराले बताए ।

यहाँका आठ स्थानीय तहका ६० वटा वडा कार्यालय रहेका छन् । जसमध्ये अधिकांश कार्यालय भाडाका घरमा सञ्चालन भइरहेका छन् ।

कार्यालयले चारकोठेसहितको एकतले भवन निर्माण गरेको छ । दोस्रो तला पनि थप गर्ने योजना बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्