images
images
images

लामिनारको ‘मेरो सपनाको घर’ अभियानमा के छ ?

images

पूर्वाधार वाच, काठमाडौं ।

लामिनार भिट्रिफाईड टायलले ‘लामिनार- मेरो सपनाको घर’ नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरू गरेको छ।

अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल २०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छन्। अभियान अन्तर्गत दुई नेपाली परिवारले आफ्नो एक कोठा र एक बाथरूम पूर्ण रूपमा रूपान्तरण गराउने अवसर निःशूल्क पाउनेछन्।

मेकओभरको काम मेटलवुड फर्निचर, कोहलर, ब्रिलियन्ट लाइटिङ, इमपोरियस फर्निसिङ जस्ता प्रिमियम डिजाइन ब्रान्डको सहकार्यमा सम्पन्न हुनेछ।

कसरी सहभागी हुने ?

यसमा सहभागी हुन कोठारबाथरूममा किन मेकओभर आवश्यक छ भन्ने बताउँदै ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनुपर्नेछ।

उक्त भिडियो टिकटक, इन्स्टाग्राम वा फेसबुक मा @laminartiles ट्याग गर्दै ह्यासट्यागलोमिनारमेरोसपनाकोघर प्रयोग गर्नु पर्नेछ।

छनोट प्रक्रिया

भिडियोहरूलाई आवश्यकता, प्रस्तुति, रचनात्मकता र इन्गेजमेन्टका आधारमा आन्तरिक समितिबाट मूल्यांकन गरिनेछ।

विजेताले प्रिमियम सामग्री, पूर्ण इन्टेरियर डिजाइन, टर्नकी कार्यान्वयन, फोटोरभिडियो डकुमेन्टेशन पाउँनेछन्।

भिडियो आगामी जनवरी २ सम्म पठाउनु पर्नेछ। विजेता घोषणा जनवरी ७ मा हुनेछ।

कम्पनीका अनुसार, यो अभियानले राम्रो डिजाइनमार्फत नेपाली घरलाई अझ आकर्षक र आरामदायी बनाउन सकिने सन्देश दिन लक्ष्य लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्