पूर्वाधार वाच, काठमाडौं ।
मेट्रोवेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औँ वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न गरेको छ। साधारणसभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेटमाथि छलफल गरी पारित गरिएको छ।
अध्यक्षद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत
साधारणसभामा सञ्चालक समितिका अध्यक्ष राजु बज्राचार्यले आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले स्थापना कालदेखि नै “व्यक्ति समूहको लागि, समूह व्यक्तिको लागि” भन्ने सहकारी मूल्यमान्यतालाई आत्मसात् गर्दै अघि बढिरहेको बताए। उनले चुनौतीपूर्ण आर्थिक अवस्था, वित्तीय क्षेत्रको दबाब र बजारमा आएको मन्दीका बाबजुद पनि संस्थाले लक्ष्यअनुसार प्रगति हासिल गरेको उल्लेख गरे।
संस्थाले सदस्य केन्द्रित सेवा, पारदर्शी वित्तीय कारोबार र सहकारी ऐन–नियमको पूर्ण पालना गर्दै आफ्नो गतिविधि सञ्चालन गरिरहेको जानकारी गराइएको छ। संस्थाले विभिन्न ११ प्रकारका बचत खाता सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत साधारण बचत, महिला बचत, ज्येष्ठ नागरिक, विद्यार्थी बचत, मेट्रोवेष्ट सुपर बचत, आवधिक खाता तथा कर्मचारी कोष खाता रहेका छन्। कर्जा प्रवाहतर्फ पनि संस्थाले तरलता व्यवस्थापनलाई असर नपर्ने गरी उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्दै आएको जनाएको छ।
जोखिम व्यवस्थापन र वित्तीय सन्तुलन
प्रतिवेदनमा उल्लेख भएअनुसार संस्थाको अन्य कोष, जगेडा कोष तथा ऋण जोखिम व्यवस्थापन सन्तोषजनक अवस्थामा रहेको छ। बचत संकलनसँगै कर्जा प्रवाह सन्तुलित रूपमा अगाडि बढेकाले संस्थाको वित्तीय अवस्था सबल बन्दै गएको बताइएको छ।
प्रस्तावहरू सर्वसम्मत पारित
साधारणसभाले, आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, आ.व. २०८२/०८३ को अनुमानित वार्षिक बजेट लगायतका प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
अध्यक्षको प्रतिबद्धता
अध्यक्ष बज्राचार्यले सहकारीलाई अझै सुदृढ, पारदर्शी र सदस्यमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै शेयर सदस्य, कर्मचारी तथा सरोकारवाला सबैलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्