images
images
images

आधा दर्जन विमानस्थल बन्द हुँदा सयौँ यात्रु अलपत्र

images

काठमाडौं । शुक्रबार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन सकेको छैन ।

प्रतिकूल मौसमका कारण एकसाथ आधा दर्जन हाराहारी विमानस्थल बन्द हुँदा सयौँ यात्रु अलपत्र अवस्थामा छन् । तोकिएको समयमा जहाज चढ्न त्रिभुवन विमानस्थल पुगेका यात्रुहरू आन्तरिक टर्मिनल भवनभित्र मौसम खुल्ने प्रतीक्षामा छन् ।

आन्तरिक वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतबाट यात्रा गर्न विमानस्थल आइपुगेका सयौँ यात्रुहरू अलपत्र परेका हुन् । त्रिभुवन विमानस्थलको मौसम सामान्य भए पनि काठमाडौं बाहिरका ती विमानस्थलमा मौसम प्रतिकूल हुँदा यहाँबाट जहाज जान नसकेका हुन् ।

यसैबीच प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरे पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मौसम प्रतिकूल भएका कारण यहाँबाट जहाज उड्न नसक्दा चितवनको भरतपुरका लागि उडाइएको छ ।

तराई भेगमा बाक्लो हुस्सुले भिजिबिलिटी कम हुँदा उडान तथा अवतरण प्रभावित बनेको हो । यसले सयौँ यात्रु प्रभावित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्