पूर्वाधार वाच, काठमाडौं।
बागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौँ वार्षिक साधारण सभा आज राजधानीमा सम्पन्न भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँ प्रमुख आतिथी तथा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह विशेष आतिथीका रूपमा उपस्थित रहे।
साधारण सभामा महासंघका अध्यक्ष छत्रबहादुर तामाङले बागमती प्रदेशमा निर्माण व्यवसाय सुव्यवस्थित, सुरक्षित र सक्षम बनाउन महासंघले गरेको योगदान, संघर्ष तथा आगामी योजनाहरूको विस्तृत प्रस्तुतीकरण गरे।


कार्यक्रममा महासंघले विगत वर्षका गतिविधि, आन्तरिक व्यवस्थापन, प्रदेश तथा स्थानीय तहसँगको सहकार्य, निर्माण व्यवसायमा देखिएका समस्या, सुधारका पहल, नीतिगत माग तथा भविष्यका प्राथमिकताहरू प्रस्तुत गर्यो। सभामा प्रस्तुत प्रतिवेदनअनुसार विगत वर्षमा बागमती प्रदेशभरका सदस्यहरूसँग निरन्तर छलफल, तालिम, बैठक तथा विभिन्न संघसंस्थासँगको सहकार्यमार्फत निर्माण व्यवसायीको समस्या सम्बोधनमा महासंघ सक्रिय रहेको थियो।
यसैगरी महासंघले निर्माण व्यवसायीको हित संरक्षण, विकास आयोजनामा देखिएका चुनौती समाधान, प्रत्यक्ष कर तथा प्रशासनिक झन्झटर हटाउन प्रदेश सरकारसँग निरन्तर पहल हुँदै गएको जानकारी दिएको छ।
कार्यक्रममा उपस्थित अधिकारी, व्यवसायी तथा सरोकारवालाले प्रदेश स्तरमा निर्माण व्यवसायको आर्थिक, प्राविधिक, नीतिगत तथा व्यावसायिक सुदृढीकरणका लागि महासंघको भूमिकालाई महत्वपूर्ण बताउँदै निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे।
साधारण सभा बागमती प्रदेश निर्माण व्यवसायी महासंघ परिवारको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको समापनअवसरमा अध्यक्ष तामाङले सम्पूर्ण सहभागी, अतिथि तथा सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्