पूर्वाधार वाच, काठमाडौं।
प्रिमियम टेक रिटेल ब्रान्ड नियो स्टोर (Neo Store) ले काठमाडौंको लाजिम्पाटमा आफ्नो नयाँ तथा अत्याधुनिक प्रिमियम शोरूम आज औपचारिक रूपमा उद्घाटन गरेको छ। ट्रिसारा रेस्टुरेन्टको ठीक अगाडि अवस्थित यो स्टोरलाई नेपालमा टेक रिटेलको नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्यसहित डिजाइन गरिएको कम्पनीले जनाएको छ।
विस्तृत स्पेस, आधुनिक डिजाइन र सफा–सुगठित प्रिमियम लुकसहित तयार गरिएको लाजिम्पाटस्थित नियो स्टोर केवल खरिद केन्द्र मात्र नभई टेक्नोलोजी अनुभव गर्ने, बुझ्ने र मनोरञ्जन लिने स्थानका रूपमा विकास गरिएको छ। स्टोरमा नवीनतम कन्सोलसहितका ३ वटा इन्टरएक्टिभ गेमिङ स्टेशन, ठूला स्क्रिनसहितको गेमिङ तथा इन्टरटेन्मेन्ट जोन, तथा प्रत्यक्ष डेमो र वाक–इन गेमिङ अनुभवको व्यवस्था गरिएको छ।
नियो स्टोरका अनुसार यो शोरूम विशेषगरी गेमर, कन्टेन्ट क्रिएटर र प्रविधिमा रुचि राख्ने सबै प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको हो, जहाँ सहज र रमाइलो वातावरणमा नयाँ प्रविधि अनुभव गर्न सकिनेछ।
ग्रान्ड ओपनिङको अवसरमा स्टोरले सीमित समयका लागि विशेष छुट र आकर्षक उपहारहरू पनि उपलब्ध गराएको छ। ASUS, HiFuture, Black Shark, Fantech, Belkin, Logitech, Baseus, Imperion, Miccell लगायत स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरूमा लन्च–डे अफर, प्रिमियम बन्डल, सरप्राइज गिफ्ट र विशेष छुट प्रदान गरिएको कम्पनीले जनाएको छ। साथै, चयनित उत्पादनमा पहिलो १० तथा पहिलो १०० ग्राहकका लागि विशेष अफरहरू पनि लागू गरिएको छ।
यसै अवसरमा नियो स्टोरले आफ्नो इन–हाउस ब्रान्ड ‘neOne’ को झलकसमेत सार्वजनिक गरेको छ। कम्पनीले छिट्टै ३ वटा इयरबड्स र १ वटा हेडफोनसहित neOne ब्रान्डका अडियो उत्पादन बजारमा ल्याउने तयारी गरेको जनाएको छ, जुन नियो स्टोर तथा neOne का आधिकारिक प्लेटफर्ममार्फत उपलब्ध हुनेछन्।
कम्पनीले लाजिम्पाटस्थित यो शोरूमलाई अहिलेसम्मकै सबैभन्दा ठूलो र प्रिमियम नियो स्टोरको रूपमा उल्लेख गर्दै, नेपाली टेक रिटेल क्षेत्रमा नयाँ अध्यायको सुरुआत भएको दाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्