images
images
images

ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारीको वार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित

images

पूर्वाधार वाच, काठमाडौं।

ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा २०८२ पुस ५ गते काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभामा संस्थाका शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, संस्थाको बजेट तथा कार्यक्रम, तथा अन्य व्यवस्थापकीय प्रस्तावहरू पनि सभाबाट स्वीकृत भएका छन्।

सभाका क्रममा सहकारीको वित्तीय अवस्था, बचत तथा ऋण प्रवाहको प्रगति, सदस्य सेवा विस्तार र भावी कार्यदिशाबारे समेत जानकारी गराइएको थियो। वक्ताहरूले सहकारीलाई अझ पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी सदस्यहरूले सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र अवसरबारे आफ्ना धारणा राख्दै संस्थाको दीगो विकासका लागि सहकार्य आवश्यक रहेको उल्लेख गरे। साधारणसभाको सफल आयोजनाका लागि सञ्चालक समिति, व्यवस्थापन टिम तथा सहभागी सदस्यप्रति संस्थाले धन्यवाद व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्