images
images
images

अपी पावरको लाभांश घोषणा, ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने

images

काठमाडौं । अपी पावर कम्पनीले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीका लागि ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ । लगत्तै कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

हकप्रद शेयर निष्कासनबाट जुटेको रकम दिव्यज्योति हाइड्रोपावरले निर्माण गरिरहेको ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माणमा परिचालन गर्ने जनाएको छ ।

कम्पनीले पुस २९ गतेका लागि कार्की ब्याङ्कवेटमा साधारणसभा बोलाएको छ । पुस १८ गते बुक क्लोजको मिति तय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्