images
images
images

घरवारविहीन महरालाई दुई लाख २५ हजार आर्थिक सहयोग हस्तान्तरण

images

फाइल तस्बिर

बैतडी । घरवारविहीन बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडीकी २६ वर्षीया जानकी महरालाई रु दुई लाख २५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विभिन्न व्यक्तिहरूबाट सङ्कलित उक्त रकमलाई आज हस्तान्तरण गरिएको सहयोग सङ्कलनका अभियान्ता तथा पत्रकार सुरेश महराले जानकारी दिए।

जानकीका श्रीमान् नरेश महराको गत मङ्सिर १८ गते मिनिट्रक दुर्घटनामा परी निधन भएको थियो । श्रीमानकाे निधनपश्चात् घरसमेत नरहेकी जानकीले किरियासमेत छिमेकीको घरमा बस्नुभएको थियो ।

नरेशले यसअघि नै घरजग्गा सबै बेचेका थिए । घरजग्गा सबै बेच्नुका साथै रातदिन कुटपिट गर्ने नरेशको पीडा सहन नसकेर जानकी पाटनस्थित सुरक्षित आवासगृहमा बस्दै आएका थिए ।लगत्तै श्रीमान्को मृत्युपश्चात् जानकी र बालबच्चा बिचल्ली भएपछि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । अभियानबाट सङ्कलित रकम हस्तान्तरण गरिएको हो ।

जानकीको बैंक खातासमेत नहुँदा पत्रकार महराले नै सहयोग सङ्कलन अभियान चलाएका थिए । सहयोग गरे सबै दाताहरूलाई धन्यवादसमेत ज्ञापन गरिएको छ ।

यसैबीच पीडित जानकी महराको काठमाडौंस्थित किरण नमस्ते नेपाल संस्था र ग्रेस एकडेमी स्कुलमा बालबालिकाको पठनपाठनको व्यवस्था गरेको छ । जानकी बालबच्चासहित काठमाडौं जाने तयारीमा छन् । जानकीका दुई छोरी एक छोरा छन् ।

यस्तै जानकीले आफ्नै खाता समेत खोलेका छन् । सहयोग गर्न चाहनेले जानकी महराको बैतडीस्थित ग्लोबल आईएमई बैंकको खाता नम्बर ३८७०७०१००१४८१८ जम्मा गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्