दशरथचन्द । जिल्लाको पाटनस्थित नयाँ शहर आयोजनाको कार्यालय सघन शहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको छ । बैतडीसहित दार्चुला र बझाङ जिल्ला हेर्नेगरी उक्त आयोजना सघन शहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको हो ।
सरकारले विसं २०६८ मा नयाँ शहर विकास आयोजना अघि बढाउने उद्देश्यले पाटनमा कार्यालय स्थापना गरेको थियो । नयाँ शहर विकाससँग सम्बन्धित काम पनि अब यही कार्यालयबाटै अघि बढाइने कार्यालयका इञ्जिनियर प्रकाशकुमार शाहले जानकारी दिए।
यसैबीच सघन शहरी तथा भवन निर्माण आयोजनाको पाटन कार्यालय प्रमुखको रूपमा झङ्कबहादुर थापा नियुक्त भएका छन् । इञ्जिनियर शाहले भने, ‘नयाँ शहरको कार्यालय अब सघन शहरी आयोजनामा समाहित भएको छ । नयाँ शहरसँग सम्बन्धित सबै काम यही कार्यालयबाट समन्वय गरिनेछ ।’
नयाँ शहरसँग सम्बन्धित महत्त्वपूर्ण काम हाल अलपत्र अवस्थामा रहेकाले कामलाई पूर्णता दिने उद्देश्यले एकिकृत गरिएको उनले बताए । ‘मुख्य रूपमा जग्गा एकीकरणको काम अझै सुरु हुन सकेको छैन भने निर्माण गरिएका अधिकांश संरचना प्रयोगमा आएका छैनन्’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्