images
images
images

सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ

images

काठमाडौं । अनौपचारिक र स्वरोजगार श्रमिकहरुको सामाजिक सुरक्षा राष्ट्रिय अभियान आजदेखि प्रारम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक सुरक्षा कोष र अन्तरराष्ट्रिय श्रम सङ्गठनले आज यहाँ एक कार्यक्रमका बीच अभियान प्रारम्भ गरेको हो ।

त्यस अवसरमा सामाजिक सुरक्षासम्बन्धी कार्य गर्दै आएका स्थानीय तह, सरोकार भएकाहरू र पत्रकार थिए । अभियानसम्बन्धी सन्देशमूलक भिडियो सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं खानेपानीमन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिकका सामाजिक सुरक्षा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउँदै नीतिगत व्यवधान हटाउन आफू तत्पर रहेको उल्लेख गरे ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सामाजिक सुरक्षा नागरिकहरुलाई राज्य छ भन्ने अपनत्व महसुस गराउने प्रभावकारी माध्यम हुने बताए । माजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले २०७५ सालदेखि सुरु भएको सामाजिक सुरक्षा कोषमा हालसम्म २६ लाख ५० हजार नागरिक आबद्ध भएका जानकारी दिए ।

कार्यक्रममा दिइएको जानकारीअनुसार ११४ भन्दा बढी पालिकाले कोषसँग सम्झौता गरे पनि आठ वटा पालिकाले मात्र त्यसलाई कार्यान्वयन गरेका छन् । अन्तराष्ट्रिय श्रम सङ्गठन९आईएलओ० का देशीय निर्देशक नुमान ओज्कानले सामाजिक सुरक्षामा श्रमिक आबद्ध हुनु भनेको आफ्नो र परिवारको भविष्यलाई सुरक्षित गर्नु रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्