images
images
images

पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

images

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै रु आठ अर्ब ७७ करोड मूल्यबराबरको १७ खाद्यवस्तु आयात गरिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा १७ थरिका १८ करोड ३१ लाख ४९ हजार ८०८ किलो खाद्यवस्तु आयात गरिएका हुन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १४ प्रतिशत बढी मूल्यका खाद्यान्न आयात भएको जानकारी दिए ।

चालु आवको पाँच महिनामा रु तीन अर्ब ८५ करोड मूल्यको धान र रु दुई अर्ब ९६ करोड मूल्यको मकै आयात भएको छ । त्यसैगरी रु एक अर्ब ३१ करोडको चामल र रु २५ करोडको माल्ट आयात भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्