images
images
images

समाजसेवी गजुरेललाई महर्षि दीपक प्रतिष्ठानको सम्मान

images

काठमाडौं । समाजसेवामा समर्पित महर्षि दीपक प्रतिष्ठानले समाजसेवी पुष्कल गजुरेललाई सम्मान गरेको छ । प्रतिष्ठानको केन्द्रीय कार्यालय पशुपतिनाथमा आयोजित एक कार्यक्रमबीच समाजसेवी गजुरेललाई सम्मान गरिएको हो ।

समाजेवा, धर्म, संस्कार र वैदिक जीवनदर्शनको संरक्षण, सम्वद्र्धन र प्रसारमा समर्पित प्रतिष्ठानले रक्तदान कार्यक्रम सञ्चालनको एक महिना पुगेको अवसरमा सम्मान कार्यक्रम गरेको प्रतिष्ठानका अध्यक्ष दीपक बानियाँले बताए ।

सम्मानित गजुरेलले ४० वर्षदेखि नेपाल रेडक्रस सोसाइटी, रेयुकाई जस्ता संस्थाहरूमा बसेर समाजसेवा तथा जनस्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका छन् ।

सम्मान कार्यक्रममा महर्षि दीपक प्रतिष्ठानका अध्यक्ष दीपक बानियाँ, पशुपति सेवा संस्थाका अध्यक्ष राम थापा, राष्ट्रवादी युवा नेता इन्जिनियर सुवास पौडेल, समाजसेवी दीपक कार्कीलगायत अन्य सहभागीहरूको उल्लेख्य उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्