images
images
images

रुसमा अन्न उत्पादन उल्लेखनीय रूपमा बढ्ने प्रक्षेपण

images

काठमाडौं । रुसको संघीय तथ्यांक सेवाले सन् २०२५ मा देशको गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० दशमलव ६ प्रतिशतले बढी हो ।

तथ्यांकअनुसार जौ उत्पादन १८ दशमलव ३ प्रतिशतले बढेर एक करोड ९७ लाख टन पुगेको छ । ओखतीको उत्पादन करिब एक चौथाइले वृद्धि भई ३८ लाख टन पुगेको छ भने कोदो उत्पादन ८ दशमलव ७ प्रतिशतले बढेर ३५ लाख टन पुगेको छ ।

दालजन्य बालीहरूको उत्पादन ऐतिहासिक रूपमा उच्च ८० लाख टन पुगेको छ, जसमा ५० प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ ।

यस वर्ष अन्न तथा दालजन्य बालीहरूको कुल अनुमानित उत्पादन शुद्ध तौलमा १३ करोड ९४ लाख टन रहेको छ, जबकि सन् २०२४ मा यो परिमाण १२ करोड ५९ लाख टन थियो ।

यसैगरी, आलुको उत्पादन एक करोड ९५ लाख टन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव ४ प्रतिशतले बढी हो । फलफूल तथा बेरी वर्गका बालीहरूको उत्पादन ४३ लाख टन पुगेको छ, जसमा सन् २०२४ को तुलनामा ८ दशमलव एक प्रतिशत वृद्धि भएको तथ्यांक सेवाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्