काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)को एक थान ‘न्यारो बडी’ जहाज इन्जिन सट्टापट्टा गर्न इजरायल जाने भएको छ ।
निगम प्रवक्ता अर्चना खड्काका अनुसार निगम र इजरायलस्थित आईएमआईबीच विद्यमान ‘मेन्टिनेन्स विथ लिज सपोर्ट’ सम्झौताका आधारमा वार्ताका माध्यमबाट समझदारी भएपछि जहाज इजरायल पठाउन लागिएको हो ।
नेवानिको ‘ए३२०-२००’ सिरिजको न्यारो बडी जहाज आज इजरायल पुग्ने कार्यक्रम रहेको समेत उनले बताइन् । इन्जिन तथा प्राविधिक प्रक्रिया पूरा भएपछि जनवरी दोस्रो साता जहाज काठमाडौं आउने तालिका छ ।
नेवानि उच्च व्यवस्थापनको निरन्तरको प्रयासले लामो समयदेखि विवादमा रहेको विषय टुंगिएको र इन्जिन सट्टापट्टा गर्ने प्रक्रिया अगाडि बढेको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्