images
images
images

कालिञ्चोक दर्शन लिमिटेडको ११औँ साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं।

कालिञ्चोक दर्शन लिमिटेडले आफ्नो ११औँ वार्षिक साधारणसभा आज बद्रीनाथ होटल, गौशाला–पिङ्गलास्थान, काठमाडौँमा सम्पन्न गरेको छ। सञ्चालक समितिका अध्यक्ष बालकृष्ण शिवाकोटीको अध्यक्षतामा सम्पन्न साधारणसभाले सेयरधनीलाई कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

बोनस र नगद लाभांशको व्यवस्था

सभाबाट पारित प्रस्तावअनुसार सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर प्रदान गरिनेछ भने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।

एक बराबर एक अनुपातमा हकप्रद सेयर

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत, अर्थात् एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई समेत अनुमोदन गरेको छ।

सञ्चालक नियुक्ति र व्यवस्थापकीय अख्तियारी

सभाले सञ्चालक अशोक शिवाकोटी र ध्रुव शिवाकोटीलाई बाँकी कार्यकालका लागि सञ्चालक पदमा नियुक्त गर्ने प्रस्ताव स्वीकृत गरेको छ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने निर्णय पनि गरिएको छ।

वार्षिक प्रतिवेदन र लेखापरीक्षक स्वीकृत

भव्य रूपमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ। यसअघि सञ्चालक समितिले गरेका निर्णयहरूलाई समेत सभाले अनुमोदन गरेको छ।

सेयरधनीको सुझाव र अध्यक्षको प्रतिबद्धता

सभामा सहभागी अधिकांश सेयरधनीहरूले आगामी दिनमा कम्पनीको वित्तीय अवस्था थप मजबुत बनाउँदै लाभांश दर वृद्धि गर्न सुझाव दिएका थिए। सेयरधनीहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको जवाफ अध्यक्ष बालकृष्ण शिवाकोटीले दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्