पूर्वाधार वाच, काठमाडौं।
फियन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभा २०८२ साल पुस १५ गते मङगलबार काठमाडौँको थापागाउँस्थित अर्पण बैंक्वेटमा सफलतापूर्वक सम्पन्न गरेको छ। साधारणसभा संस्थाका अध्यक्ष बासुदेव खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो।
वार्षिक प्रतिवेदनहरू प्रस्तुत र छलफल
सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा संस्था अनुगमन उप–समितिको प्रतिवेदन प्रस्तुत गरियो। प्रतिवेदनमार्फत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय अवस्था, कारोवारको स्थिति, जोखिम व्यवस्थापनका उपाय र आगामी कार्यदिशाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
वित्तीय अवस्था सुदृढ
लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको कुल चुक्ता शेयर पूँजी ९४ लाख ५३ हजार रुपैयाँ पुगेको छ। सोही अवधिमा संस्थाले ४ करोड ८० लाख ४९ हजार ९०४ रुपैयाँ बचत संकलन गरेको छ भने ४ करोड ६६ लाख ४८ हजार २५६ रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ। साथै संस्थाको नगद तथा बैंक मौज्दात १ करोड ४४ लाख ८७ हजार ०७१ रुपैयाँ रहेको उल्लेख गरिएको छ।
कर्जा जोखिम व्यवस्थापनमा ध्यान
सभामा प्रस्तुत विवरणअनुसार सहकारीले कर्जा जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै कर्जा लगानीको गुणस्तर सुधारमा जोड दिएको जनाएको छ। कर्जा लगानीलाई सामान्य, ध्यानयोग्य, कमजोर र खराब कर्जा गरी वर्गीकरण गरिएको छ। खराब कर्जातर्फ ९ लाख ६४ हजार रुपैयाँ व्यवस्थापन गरिएको जानकारी पनि दिइयो।
आगामी नीति र कार्यक्रम स्वीकृत
साधारणसभाले सञ्चालक समिति तथा विभिन्न समितिहरूबाट यसअघि गरिएका निर्णयहरू अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्षका लागि नीतिगत तथा कार्यक्रमगत कार्ययोजना पारित गरेको छ।
अध्यक्षको प्रतिबद्धता
सभामा बोल्दै अध्यक्ष दमकु श्रेष्ठले सहकारीलाई सुरक्षित, पारदर्शी र सदस्य–केन्द्रित ढङ्गले सञ्चालन गर्न सञ्चालक समिति प्रतिबद्ध रहेको बताए। सदस्यहरूको निरन्तर सहयोग र विश्वासका कारण संस्थाको स्थायित्व र विश्वसनीयता थप मजबुत बन्दै गएको उहाँको भनाइ थियो।
उल्लेख्य सहभागिता
साधारणसभामा विभिन्न समितिका पदाधिकारी, शेयर सदस्य तथा आमन्त्रित अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्