images
images
images

देशभर पश्चिमी वायूको प्रभाव कायमै, केही ठाउँमा आंशिक बदली रहने

images

काठमाडौं । आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहने जनाइएको छ ।

त्यसैगरी आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । देशभर पश्चिमी वायूको प्रभाव भने कायमै रहेको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्