images
images
images

अछामका साझा मुद्दामा युवाको हस्तक्षेप, ‘बोल्छ अछाम’ अभियान घोषणा

images

काठमाडौं । अछाम जिल्लामा स्थायी ठेगाना भई हाल काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका युवाहरुले अछाम केन्द्रित साझा अभियान सुरु गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत कपिल भण्डारीको संयोजकत्वमा ‘बोल्छ अछाम’ नामक अभियानको औपचारिक घोषणा गरिएको हो ।

अभियान अछाम जिल्लासँग सम्बन्धित विकास, समृद्धि, सामाजिक न्याय र सुशासनलगायत साझा सरोकारका मुद्दामा केन्द्रित रहने संयोजक भण्डारीले जानकारी दिए ।

उनका अनुसार जिल्लाको समग्र विकासका लागि नीति निर्माणदेखि सार्वजनिक बहससम्म युवाको सशक्त भूमिका स्थापित गर्नु अभियानको उद्देश्य रहेको छ ।
राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध अछामका युवाहरुको उल्लेख्य सहभागितासँगै अभियानको प्रारम्भिक संरचना तय गरिएको हो ।

कार्यक्रममा सहभागी युवाहरुले अछामको विकास, रोजगारीका अवसर, सुशासन तथा वर्तमान राजनीतिक परिवेशप्रति चासो व्यक्त गर्दै जिल्लाको समग्र उन्नतिका लागि जहाँ रहे पनि युवाहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

अभियानलाई संस्थागत स्वरूप दिन तत्कालका लागि तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिले आगामी दिनमा संस्थाको विधान, कार्यदिशा तथा सञ्चालन मोडालिटी तय गर्ने समितिका सदस्य बम धामीले जानकारी दिए ।

तदर्थ समितिमा संयोजक कपिल भण्डारीसहित बम धामी, ताराप्रसाद पाण्डे, टंक तिमिल्सिना, विष्णु रैगाईं, शैलेश कुँवर, मदन बुढा, सुनिल खड्का, हेमराज अधिकारी, गोबिन्द कुँवर, झंकर विष्ट, सम्राट खड्का, प्रकाश नगार्जी, कृष्ण साउँद, मनिष वि.क. लगायत सदस्य रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्