images
images
images

माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीको २६औँ वार्षिक साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं।

माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २६औँ वार्षिक साधारणसभा शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ। साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति तथा लेखा समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नयाँ नेतृत्व गठन

सभाबाट गोविन्द प्रसाद शर्मा पुनः सहकारीको अध्यक्षमा निर्वाचित हुनुभएको छ। सचिवमा एक नारायण उपाध्याय चयन हुनुभएको छ भने सञ्चालक समिति सदस्यहरूमा ज्ञानेन्द्र आचार्य, भक्तराज भूसाल, सरस्वती कुमारी शर्मा (सापकोटा), राजेन्द्र क्षेत्री र खिमा कुमारी न्यौपाने निर्वाचित हुनुभएको छ।


लेखा समिति पनि चयन

त्यस्तै, लेखा समितिको संयोजकमा जैसरा शर्मा चयन हुनुभएको छ। सदस्यहरूमा शुक्रराज बराल र हरि कृष्ण कँडेल निर्वाचित हुनुभएको छ।

विशिष्ट अतिथिहरूको सहभागिता

साधारणसभामा पूर्व सांसद ऋषिकेश तिवारी, गृहमन्त्रालयका सहसचिव प्रकाश पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, जीवन विज्ञान प्रशिक्षक गंगादेवी शर्मा तथा निर्वाचन उपसमितिका संयोजक एवं अधिवक्ता नारायण आचार्यलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले सहकारीको दीगो विकास, सुशासन र सदस्य–केन्द्रित सेवाको महत्वबारे धारणा राखेका थिए।

प्रतिवेदन पारित र भावी कार्यदिशा

सभामा संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक विवरण तथा आगामी दिनका नीति तथा कार्यक्रमहरू प्रस्तुत गरी छलफलपछि पारित गरिएको थियो। सहकारीलाई पारदर्शी, सुरक्षित र सेवामूलक संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

सहकारीको वित्तीय अवस्था र योगदान

वि.सं. २०५६ सालमा विश्व मोहन ओझाको नेतृत्वमा स्थापना भएको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीमा हाल ६०३ जना सेयर सदस्य रहेका छन्। संस्थाको सेयर पुँजी २ करोड ५७ लाख रुपैयाँ रहेको छ भने कर्जा लगानी २७ करोड रुपैयाँ पुगेको छ। सहकारीले प्रत्यक्ष रूपमा ९ जनालाई रोजगारी प्रदान गर्दै आएको छ।

सामाजिक उत्तरदायित्वमा सक्रिय

सहकारीका सेयर सदस्यहरूको पहलमा सेवामूलक कार्यका लागि अक्षय कोष स्थापना गरिएको छ, जसमा हालसम्म ६४ लाख रुपैयाँ संकलन भइसकेको छ। साथै, सेयर सदस्यहरूको अगुवाइमा ‘लायन्स क्लब अफ माउण्ट धौलागिरी’ स्थापना गरी विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको जनाइएको छ।

सभाको सञ्चालन

कार्यक्रम सहकारीका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा तथा सचिव एक नारायण उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो। साधारणसभामा सेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्