images
images
images

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारले पाए सफाइ

images

काठमाडौं । काठमाडौं महानगरपालिकामा ठूलो तरंग ल्याएको ढल ठेक्का भ्रष्टाचार काण्डमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सफाइ पाएका छन्। विशेष अदालतले परियारसहित मुद्दामा तानिएका सबै सातै जनालाई दोषमुक्त ठहर गरेको हो।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइराला सम्मिलित इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै सफाइको फैसला सुनाएको हो।

अख्तियारले परियारसहित महानगरका उच्च अधिकारीहरूविरुद्ध ढल निर्माणको ठेक्कामा मिलेमतो गरी अनियमितता गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

परियारसँगै बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालमाथि मुद्दा दायर भएको थियो । विशेष अदालतले सातै जनामाथिको आरोप दाबी पुष्टि हुन नसकेको हुँदा सफाइ पाउने ठहर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्