काठमाडौं । ऊर्जा, भौतिक पूर्वााधर तथा शहरी विकास मन्त्री कुलमान घिसिङले अन्ततः राजीनामा दिने भएका छन् । उनले केहीबेरमा राजीनामा दिँदै छन् ।
उनले अहिले राति ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन डाकेका छन् ।
जेनजी आन्दोलन पश्चात गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा महत्वपूर्ण मन्त्रालय सम्हालिरहेका घिसिङ निरन्तर राजनीतिक गतिविधिमा संलग्न हुन थालेपछि उनको चर्को आलोचना भएको थियो ।
नागरिक सरकारका मन्त्री भएर राजनीतिक दलमा प्रोक्सी भूमिकामा देखिएका मन्त्री घिसिङलाई प्रधानमन्त्री कार्कीले नै राजीनामा दिन निर्देशन दिएकी थिइन् । यद्यपि उक्त निर्देशन अटेरी गर्दै आफू कुनै पनि दलमा आबद्ध नरहेको दाबी गरिरहेका कुलमान चातर्फी आलोचनपछि राजीनामा दिन बाध्य भएका हुन् ।
उनी सुरुमा उज्यालो नेपाल पार्टीको संरक्षक रहेर राजनीतिक गतिविधिमा संलग्न थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग उक्त पार्टी मर्ज गरेर आफू उपसभापति बन्ने गरी सम्झौता गराएका कुलमानले प्रतिनिधि सभा निर्वाचनको लागि पेश गरेको समानुपातिक उम्मेदवारको सूची पनि विवादास्पद बनेको थियो ।
आफ्नै भान्जा, सुसुरा तथा बाल्यकालका साथीलाई समेत उनले समानुपातिक उम्मेदवार बनाएको भन्दै उनको व्यापक आलोचना हुँदा पनि उनी उक्त आरोप अस्वीकार सरकारमै टाँस्सिरहेका थिए ।
पछिल्लो समय रास्वपाको उपसभापति भइसक्दा समेत आफू कुनै दलको सदस्य नभएको दाबी गरिरहेका घिसिङले अन्ततः राजीनामा दिए पनि उनीमाथि उठेको नैतिक प्रश्नले भने निरन्तर लखेटिरहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्