जनकपुरधाम । महोत्तरीको जलेश्वरस्थित करदाता सेवा कार्यालय खारेज गरिएको छ ।
नेपाल सरकारको निर्णय बमोजिम सो कार्यालय खारेज भएको आन्तरिक राजस्व कार्यालय जनकपुरधामले जनाएको हो ।
उक्त कार्यालयमार्फत हुँदै आएको करसम्बन्धी सम्पूर्ण कार्य आजबाट कोष तथा लेखा नियन्त्रकको कार्यालय जलेश्वरबाट हुने आन्तरिक राजस्व कार्यालयका प्रमुख आन्दनकुमार गुप्ताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्