काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व सभापति होमनाथ दाहालको निधनप्रति काठमाडौं शाखाले श्रद्धाञ्जली व्यक्त गरेको छ । दाहालको गत पौष २५ गते निधन भएको थियो ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सोमबार कार्यक्रमको आयोजना गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो । महासंघ काठमाडौं शाखाले स्व। दाहालको निधनले नेपाली पत्रकारिता क्षेत्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनले एक अनुभवी र अभिभावकीय व्यक्तित्व गुमाएको जनाएको छ ।
श्रद्धाञ्जली कार्यक्रममा महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याल, केन्द्रीय सदस्य सूर्य सुवेदी, उपाध्यक्ष कमल राना, सहसचिव विक्रम रत्न र सदस्य चेतनारायण बेलवासे लगायत शाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले स्व. दाहालले नेपाली पत्रकारिता र लोकतान्त्रिक मूल्य स्थापनाका लागि पुर्याएको योगदानको स्मरण गर्दै उनको योगदान इतिहासमा सदैव अमिट रहने बताएका थिए । कार्यक्रमको सञ्चालन शाखाका सहसचिव विक्रम रत्नले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्