पूर्वाधार वाच, काठमाडौं।
विद्युतकर्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बागबजारको २०औँ वार्षिक साधारणसभा मिति २०८२ पौष २६ गते भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
सहकारीमा नेपाल विद्युत प्राधिकरण अन्तर्गत देशभरका कार्यालयमा कार्यरत कर्मचारीहरू सदस्यका रूपमा आबद्ध रहेका छन्।
प्रदेशस्तरीय एकाइ सभामार्फत प्रतिनिधि छनोट
सहकारीले गत वर्षदेखि नै प्रत्येक प्रदेशमा एकाइ साधारणसभा सम्पन्न गरी केन्द्रीय साधारणसभाका लागि प्रतिनिधि छनोट गर्ने अभ्यास थालेको छ।
सोही व्यवस्था अनुसार यस वर्ष पौष १० गते जनकपुर, सुर्खेत र बुटवल, तथा पौष १२ गते विराटनगर, पोखरा र अत्तरियामा एकाइ साधारणसभा सम्पन्न भएका थिए।
नेतृत्व र प्रमुख आतिथ्य
२०औँ वार्षिक साधारणसभा संस्थाका अध्यक्ष भोजराज ढुंगानाको अध्यक्षतामा तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा पूर्व सञ्चालक समिति पदाधिकारी, सदस्यहरू, नेपाल विद्युत प्राधिकरण अन्तर्गतका विभिन्न ट्रेड युनियनका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सहकारीका उपलब्धिबारे प्रमुख अतिथिको धारणा
प्रमुख अतिथि शाक्यले सहकारीले सदस्यकेन्द्रित दृष्टिकोण अपनाउँदै देशभर साधारणसभा सञ्चालन गर्नु, सुलभ ब्याजदरमा तत्काल ऋण उपलब्ध गराउनु, विभिन्न सहायतामूलक कार्यक्रम सञ्चालन गर्नु तथा सदस्यका बालबालिकाको भविष्य सुरक्षित गर्ने उद्देश्यले बाल शैक्षिक बचत कार्यक्रम सञ्चालन गर्नु अत्यन्त प्रशंसनीय रहेको बताए।
उनले सरकारको तीनखम्बे अर्थनीतिमध्ये सहकारी क्षेत्र महत्वपूर्ण भए पनि पछिल्ला दिनहरूमा केही सहकारीमा पारदर्शिता र अनुशासनको कमी देखिएको उल्लेख गर्दै विद्युतकर्मी सहकारीमा भने त्यस्तो समस्या नरहेको र संस्थाको आर्थिक अवस्था निरन्तर सबल बन्दै गएकोमा सन्तोष व्यक्त गरे।
आर्थिक तथा लेखा प्रतिवेदन प्रस्तुत
साधारणसभामा लेखा सुपरिवेक्षण समिति संयोजक लिला बहादुर थापाले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष राजु प्रसाद तिमिल्सिनाले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नुभयो।
सम्मान तथा प्रोत्साहन कार्यक्रम
सभामा २०८१ सालको एसईई र १०+२ परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने सदस्यका छोराछोरीहरूलाई सम्मान गरिएको थियो। साथै, गत आर्थिक वर्षमा संस्थाको कार्यसञ्चालनमा योगदान पुर्याउने देशभरका कार्यालयमा कार्यरत उत्कृष्ट प्रतिनिधि, असल ऋणी तथा अन्य विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रम सञ्चालन र मन्तव्य
होटेल हार्दिक, बागबजारमा सम्पन्न उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य लक्ष्मी गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदस्य गंगा कुमारी राउतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन सञ्चालक समिति सचिव निपिन कुमार देवले गर्नुभएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्