images
images
images

मनीप्लान्ट सेभिङ एन्ड क्रेडिटको १६औँ वार्षिक साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं।

मनीप्लान्ट सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको १६औँ वार्षिक साधारणसभा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। संस्थाको विनियम तथा सहकारी ऐनअनुसार आयोजना गरिएको साधारणसभा २०८२ पुस २६ गते शनिबार काठमाडौंको कार्कि ब्याङ्क्वेट, बबरमहलमा सम्पन्न भएको हो।

उल्लेख्य सदस्य सहभागिता

साधारणसभामा संस्थाका शेयर सदस्य, प्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सदस्यहरूको सक्रिय सहभागिताले साधारणसभा सौहार्दपूर्ण र अर्थपूर्ण बनेको आयोजकले जनाएको छ।

प्रतिवेदन र प्रस्तावहरू पारित

सभामा आर्थिक वर्ष २०८१/०८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरी छलफलपछि पारित गरिएको थियो।

साथै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित कार्ययोजना, बजेट, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावहरू पनि अनुमोदन गरिएको छ।

शेयर लाभांश र कोष व्यवस्थापन

साधारणसभाले शेयर लाभांश वितरण तथा संरक्षित पुँजी फिर्ता कोषको रकम व्यवस्थापनसम्बन्धी प्रस्तावलाई समेत पारित गरेको छ। संस्थाले सदस्यको हितलाई केन्द्रमा राख्दै सुरक्षित लगानी र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ।

अध्यक्षको प्रतिबद्धता

सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष इन्द्र मणि पोखरेलले सदस्यहरूको निरन्तर विश्वास, सहयोग र सहभागिताप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले आगामी दिनमा वित्तीय कारोबारलाई थप प्रभावकारी बनाउँदै संस्थागत सुशासन, पारदर्शिता र सदस्यकेन्द्रित सेवामा जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहकारी अभियानप्रति कृतज्ञता

संस्थाले सहकारी अभियानको विकासका लागि सहयोग गर्ने सबै सदस्य, प्रतिनिधि, नियामक निकाय तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ जिम्मेवार र सबल सहकारीको रूपमा अघि बढ्ने संकल्प गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्