images
images
images

सहारा साकोसको १९औं साधारण सभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं।

ललितपुरको महालक्ष्मी नगरपालिका–सिद्धिपुरस्थित सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ।

महालक्ष्मी नगरपालिकाको शिवम् ब्याङ्क्वेटमा आयोजना गरिएको सभामा संस्थाका अध्यक्ष, पदाधिकारी तथा सेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

८ प्रतिशत लाभांश स्वीकृत

साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट सेयर सदस्यहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सहकारी विभागका निर्देशिका र मापदण्डअनुसार सदस्यहरूलाई प्रतिफल वितरण गरिएकोमा सभामा सन्तोष व्यक्त गरिएको थियो।

प्रतिवेदन प्रस्तुत र छलफल

सभामा आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरी विस्तृत छलफल गरिएको थियो।

आन्तरिक लेखा परीक्षण तथा सुपरिवेक्षण समितिका संयोजक जितेन्द्र महर्जनले पेश गर्नुभएको प्रतिवेदनअनुसार समीक्षा अवधिमा सञ्चालक समितिका १३ वटा बैठकमार्फत नीतिगत निर्णयहरू लिइएको जानकारी दिइयो। कर्जा उपसमितिबाट पर्याप्त धितो सुरक्षणका आधारमा कर्जा प्रवाह गरिएको हुँदा जोखिम न्यून रहेको उल्लेख गरियो।

नयाँ नेतृत्व चयन प्रक्रिया

साधारणसभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ।

संस्थालाई थप सुदृढ बनाउने सुझाव

संस्थाको सुदृढीकरणका लागि सुपरिवेक्षण समितिले सेयर पुँजी वृद्धि, भाखा नाघेका कर्जाको प्रभावकारी असुली तथा डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई छिटो र सहज बनाउने सुझाव प्रस्तुत गरेको छ।

संस्थाको प्रतिबद्धता

कार्यक्रम सञ्चालन गर्दै संस्थाका सचिव राजेन्द्र नेमकुलले सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार सदस्यहरूको आर्थिक समृद्धिका लागि संस्था निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले “भविष्यका लागि बचत गर्ने बानी बसालौं” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै संस्था अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्