images
images
images

एकता बचत तथा ऋण सहकारी संस्था लि. को २५ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड (Ekata Saving and Credit Co-operative Society Ltd.) को २५ औँ वार्षिक साधारण सभा मिति २०८२/०९/२६ गते शनिबार भक्तपुरको कौशलटारस्थित ‘द ह्वाइट प्यालेस’ मा भव्यताका साथ सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष माधव प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उप-समितिका पदाधिकारीहरू, कर्मचारी वर्ग तथा शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सभाले पारित गरेका मुख्य प्रस्तावहरू:

साधारण सभाले सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत गरिएका निम्न प्रतिवेदन तथा प्रस्तावहरूलाई सर्वसम्मत रूपमा पारित गरेको छ:

  • सञ्चालक समितिको वार्षिक प्रतिवेदन: आ.व. २०८१/०८२ को संस्थाको समग्र कार्यप्रगति समेटिएको प्रतिवेदन सर्वसम्मतले पारित।
  • आर्थिक प्रतिवेदन तथा बजेट: आ.व. २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा/नोक्सान हिसाब र आ.व. २०८२/०८३ को अनुमानित आय/व्यय बजेट पारित।
  • लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा संस्थाको आन्तरिक परीक्षणबाट औंल्याइएका सुझाव कार्यान्वयनको अवस्थाबारेको प्रतिवेदनलाई अनुमोदन।
  • लेखापरीक्षक नियुक्ति: आ.व. २०८२/०८३ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव पारित।
  • संस्था गाभ्ने/मर्ज गर्ने नीति: संस्थालाई आवश्यकता र औचित्यको आधारमा अन्य सहकारी संस्थाहरूसँग गाभ्न (मर्जर) गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरिएको।
  • रणनीतिक कार्यक्रमहरू:
    • शिक्षा तथा तालिम: शेयर सदस्य, कर्मचारी तथा पदाधिकारीको सक्षमता विकासका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने।
    • सदस्य संरक्षण र वित्तीय विकास: सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक उत्थान र स्वरोजगारमूलक तालिमहरू सञ्चालन गर्ने लक्ष्य।
    • प्रविधिमैत्री सेवा: आधुनिक सफ्टवेयर, मोबाईल बैंकिङ र एस.एम.एस. जस्ता सेवाहरूबाट कारोबार गर्ने नीति अगाडि बढाइएको।
    • ऋण लगानी प्रक्रिया: जोखिम व्यवस्थापनका लागि धितो मूल्याङ्कन, चल/अचल सम्पत्तिको दृष्टिबन्धक/रोक्का लगायतका प्रक्रियालाई थप व्यवस्थित बनाइएको।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्