images
images
images

आयोगको निर्णयसँगै कांग्रेसको चुनावी लाइन स्पष्ट – भावी प्रधानमन्त्री गगन

images

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा आगामी चुनावमा जाने घोषणा गरेको छ। नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले फेसबुक लाइभ भिडिओमा यस्तो घोषणा गरेका हुन्।

उनले अबका दिनमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेहरूबीचको दरार र दुरी नराखी पार्टीलाई अगाडि बढाउने पनि बताए।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगत थापा नेतृत्वको कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस हो भन्ने निर्णय गरेपछि उपसभापति शर्माले फेसबुकमा लाइभ भिडिओमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

‘जो बदलिन्छन्, उनीहरूले बदल्न सक्छन्। हामीले पनि अब बदल्ने संकल्प लिनुपर्छ,’ उनले भने, ‘विशेष महाधिवेशनमा जसले हस्ताक्षर गरे पनि वा नगरे पनि हामीबीच अब त्यो दरार र दुरी रहनु हुँदैन।’

उनले अगाडि भने, ‘एकथरी साथीहरूले सार्थक हस्तक्षेप गरिसकेको छ। अर्काथरी साथीहरूले पनि हस्तक्षेप गर्ने बेला आएको छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्