images
images
images

स्टार अस्पताल लिमिटेडको १५औँ तथा १६औँ वार्षिक साधारण सभा सम्पन्न

images

पूर्वाधार वाच, ललितपुर ।

स्टार अस्पताल लिमिटेडको १५औँ तथा १६औँ वार्षिक साधारण सभा शनिबार ललितपुरस्थित यल दरबार ब्याङ्क्वेटमा सफलतापूर्वक सम्पन्न भएको छ। सभा बिहान ११ बजेदेखि सुरु भई शेयरधनीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको हो।

सभामा सञ्चालक समितिका अध्यक्ष तीर्थलाल महर्जन ले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै राजनीतिक अस्थिरता, कोभिडपछिको चुनौतीपूर्ण अवस्था र प्रतिस्पर्धी स्वास्थ्य बजारका बाबजुद पनि संस्थाले सेवा र व्यवस्थापनलाई निरन्तर सुदृढ बनाउँदै लगेको जानकारी दिनुभयो। उहाँले दक्ष जनशक्ति विकास, कर्मचारीको मनोबल अभिवृद्धि तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइएको बताउनुभयो।

सभाले आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, कम्पनी ऐन २०६३ अनुसार लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालक समितिको निर्वाचन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरणलगायत प्रस्तावहरू अनुमोदन गरिएको छ।

त्यसैगरी, संस्थाको भविष्य विस्तार रणनीतिअन्तर्गत आवश्यक परेमा अन्य उपयुक्त स्वास्थ्य संस्थाको अधिग्रहण (Acquisition), ड्यु डिलिजेन्स अडिट (DDA), सम्पत्ति तथा कारोबार मूल्याङ्कन, वित्तीय तथा प्रशासनिक सुधारका लागि उपसमिति गठन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।
अध्यक्ष महर्जनले शेयरधनी, सेवाग्राही, कर्मचारी, वित्तीय संस्था, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा स्टार अस्पताललाई अझ गुणस्तरीय, विश्वासिलो र सेवामुखी स्वास्थ्य संस्थाका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्