जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
आईतबार बेलुका जनकपुरधाम आइपुगेका बालेनलाई समर्थकहरुले विमानस्थलमै पुगि भव्य स्वागत गरेका छन् । बालेनलाई स्वागत गर्न पुगेको भीडलाई व्यवस्थापन गर्न नसक्दा विमानस्थल बाहिर निस्कने सिसाको ढोका फुटेको छ ।
सोमबार जनकपुरधाममा आयोजना हुन लागेको परिवर्तनको उद्घोष सभामा सहभागी हुन आएका हुन । भोली हुने सभामा बालेनसहित, रवि लामिछाने र डि।पि अर्यालसहित १२ जना वक्ताहरुको सभहागीता हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्