images
images
images

पूर्णरूपमा बन्द रहेको तारागाउँ रिजेन्सी होटल्सद्वारा ५ प्रतिशत नगद लाभांश वितरण

images

काठमाडौं । जेनजी आन्दोलनका कारण क्षति पुगेपछि पूर्ण रूपमा बन्द रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्ष ०८१÷८२ को मुनाफाबाट करसमेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश माघ २ गतेदेखि पुस ६ गतेसम्म कायम शेयरधनीहरूको बैंक खातामा वितरण गरिएको हो भने धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूलाई सम्बन्धित बैंकको नो अब्जेक्सन लेटर वा फुकुवापत्रपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ०७३/७४ देखि अधिकांश वर्ष लाभांश वितरण गर्दै आएको भए पनि गत वर्ष करसमेत ११ प्रतिशत नगद लाभांश दिएको तुलनामा यस वर्ष हालसम्मकै न्यून ५ प्रतिशत लाभांश वितरण गरिएको हो । आन्दोलनका क्रममा होटलका संरचनामा ठूलो क्षति पुगेकाले हाल मर्मतसम्भारका कारण होटल पूर्ण रूपमा बन्द छ र पुनः सञ्चालनमा आउन करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ ।

१ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी चुक्तापूँजी र १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी जगेडा कोष रहेको कम्पनी होटल बन्द रहँदा चालू आर्थिक वर्षको असोज मसान्तसम्म २ करोड ३७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा पुगेको छ, जबकि गत वर्ष यही अवधिमा ४ करोड ५६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्