काठमाडौं। राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका पदाधिकारीबाट निजगढ, बर्दिवास, कमलामाई खानेपानी लगायत विभिन्न खानेपानी क्षेत्रमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूसँग खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित समसामयिक विषयहरू र संस्थागत समस्याबारे छलफल गरेका छन् ।
छलफलका क्रममा खानेपानी तथा सरसफाइ संस्थाहरूले भोग्दै आएका प्रमुख चुनौतीहरू-जस्तै स्रोत संरक्षण, गुणस्तरीय खानेपानी आपूर्ति, वित्तीय दिगोपन, प्राविधिक दक्षता अभाव, उपभोक्ता व्यवस्थापन, नीतिगत जटिलता तथा स्थानीय तहसँगको समन्वयका विषयहरूमा विस्तृत रूपमा विचार–विमर्श गरिएको अध्यक्ष खेमराज वलीले जानकारी दिए ।
साथै, साना तथा समुदायमा आधारित खानेपानी संस्थाहरूलाई सुदृढ बनाउने उपाय, क्षमता विकास, सुशासन, पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धिका विषयमा पनि स्पष्ट धारणा आदान–प्रदान गरिएको थियो ।
महासंघका पदाधिकारीहरूले संघीय संरचनामा खानेपानी तथा सरसफाइ संस्थाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने, नीति निर्माण तहमा आवाज मजबुत गर्ने र प्रदेश तथा स्थानीय तहसँग सहकार्य बढाउने आवश्यकतामा जोड दिए ।
सिमरा खानेपानी संस्थाले आफ्ना अनुभव, अभ्यास र समस्याहरू प्रस्तुत गर्दै दीर्घकालीन समाधानका लागि साझा पहल आवश्यक रहेको प्रष्टाए । छलफलले खानेपानी तथा सरसफाइ क्षेत्रका साझा समस्याहरू पहिचान गर्न, आपसी सहकार्य र समन्वयलाई बलियो बनाउन तथा संस्थागत सुधारका लागि मार्गचित्र तयार गर्न महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष निकालिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्